भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

काठमाडौँ क्षेत्र नं ८ मा स्वास्थ्य सामाग्री वितरण

काठमाडौँ क्षेत्र नं ८ मा स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीले काठमाडौँ क्षेत्र नं ८ का जनतालाई स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ ।कोभिड–१९ को महामारीबीच घरदैलो अभियानमा निस्कनुभएका नेता जोशीले आज चागल क्षेत्रमा पुगेर त्यहाँका जनतालाई निःशुल्क मास्क, स्यानीटाइजर, अक्सिमिटर र औषधि वितरण गर्नुभएको हो । गणेशमान अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका नेता जोशीले कोरोनाको महामारीको समयमा जनताको समस्या बुझ्न घरदैलो अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले यसअघि सोल्टीमोड, कालिमाटी, रविभवन, स्वयम्भू, मिलिजुली टोल र शान्तिनगर क्षेत्रका बासिन्दालाई घर घरमा पुगेर आवश्यक परामर्श गर्नुका साथै स्वास्थ्य सामग्री वितरण गरिसक्नुभएको छ । उहाँले घरदैलो अभियानअन्तर्गत सङ्क्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गर्ने तथा बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’ मा २४ सै घण्टा सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डे, डा भूपेन्द्र बस्नेतलगायत विशेषज्ञ चिकित्सक र सरकारी तथा निजी अस्पतालको सहयोगमा स्वास्थ्य सेवा दिने अभियानको उद्देश्य रहेको छ । कोरोना महामारी नियन्त्रण नभएसम्म यो अभियान जारी राख्ने प्रतिष्ठानले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.