भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौँ क्षेत्र नं ८ मा स्वास्थ्य सामाग्री वितरण

काठमाडौँ क्षेत्र नं ८ मा स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री नविन्द्रराज जोशीले काठमाडौँ क्षेत्र नं ८ का जनतालाई स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ ।कोभिड–१९ को महामारीबीच घरदैलो अभियानमा निस्कनुभएका नेता जोशीले आज चागल क्षेत्रमा पुगेर त्यहाँका जनतालाई निःशुल्क मास्क, स्यानीटाइजर, अक्सिमिटर र औषधि वितरण गर्नुभएको हो । गणेशमान अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका नेता जोशीले कोरोनाको महामारीको समयमा जनताको समस्या बुझ्न घरदैलो अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले यसअघि सोल्टीमोड, कालिमाटी, रविभवन, स्वयम्भू, मिलिजुली टोल र शान्तिनगर क्षेत्रका बासिन्दालाई घर घरमा पुगेर आवश्यक परामर्श गर्नुका साथै स्वास्थ्य सामग्री वितरण गरिसक्नुभएको छ । उहाँले घरदैलो अभियानअन्तर्गत सङ्क्रमितको उपचारमा सहयोग गर्न फोनबाट निःशुल्क चिकित्सकीय सल्लाह प्रदान गर्ने तथा बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’ मा २४ सै घण्टा सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डे, डा भूपेन्द्र बस्नेतलगायत विशेषज्ञ चिकित्सक र सरकारी तथा निजी अस्पतालको सहयोगमा स्वास्थ्य सेवा दिने अभियानको उद्देश्य रहेको छ । कोरोना महामारी नियन्त्रण नभएसम्म यो अभियान जारी राख्ने प्रतिष्ठानले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.