भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौँ रात्रिकालीन सार्वजनिक बस सेवा

काठमाडौँ रात्रिकालीन सार्वजनिक बस सेवा

काठमाडौँ, ३० चैत्र । काठमाडौँ महानगरपालिकाले भोलि वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ। महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा राति ८ बजेदेखि ११ बजेसम्म बस सञ्चालन गर्ने तयारी गरेको हो।

प्रारम्भिक चरणमा दुईवटा मुख्य रुटमा बस सञ्चालन हुनेछन्। पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का अस्पताल, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म पुग्नेछ।

त्यसैगरी दोस्रो रुट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ।

दुवै रुटमा चार वटा विद्युतीय बस सञ्चालन हुनेछन्। बसहरू प्रत्येक २० मिनेटको अन्तरालमा उपलब्ध हुनेछन्। यात्रुको सुरक्षाका लागि बसमा सीसीटीभी क्यामेरा जडान गरिनेछ भने नगर प्रहरीको निगरानी पनि रहने महानगरपालिकाले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.