भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

‘कारोनाको उपचारमा संलग्न वुहानबाट फर्केका डाक्टरले गरे यस्ताे खुलासा’

‘कारोनाको उपचारमा संलग्न वुहानबाट फर्केका डाक्टरले गरे यस्ताे खुलासा’

काठमाडौं । विभिन्न भ्रम फैलाएर मान्छेलाई तर्साउने देखि सावधान रहन आग्रह गर्दै कोरोना भाइरसको उपचारमा संलग्न डा. रमेश आचार्यले भाइरसबाट नडराउन आग्रह गरेका छन् ।

चीनकाे बुहानबाट फर्केर १६ दिन खरिपाटी क्वारेन्टाइनमा बिताएर वाहिर निस्किएका डाक्टर रमेश आचार्यले सतर्कता अपनाउन अाग्रह गरेका छन् । उनले ज्वरो आएको मानिसको शरीरमा तापक्रम एक सय २ डिग्रीभन्दा कम भए कोरोना भाइरसको संक्रमण भयो कि भनेर आत्तिनु पर्ने स्थिति नरहेको बताए ।

मिडियामा आए जस्तो डरलाग्दो कोरोना नभएको बताए । कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनको वुहान प्रान्तको थोंजी होस्पीटलमा काम गरेका उनले खरिपाटी क्वारेनटाइनको अनुभव सुनाए ।

१६ दिन पछि बाहिर आएका उनले चीनबाट नेपालले धेरै कुरा सिक्नु पर्ने बताए । थोंचीमा मास्क नलगाएर विरामीको उपचार गर्ने आफु नेपाल फर्किदा सुनेको भ्रम अफवाह भएको दावी गरे ।

चिनियाँ जस्तै सजक र सचेत रहनु पर्ने भन्दै तुरुन्तै लकडाउन गरेर सि जिङ पीङको सक्रियतामा चिकित्सक र वैज्ञानीकले चीनमा गरेको उपचार सफल्ताबाट नेपालले शिक्षा लिनु पर्ने बताए । चीन जस्तो विकसित देशले ४० दिन मै कोरोनालाई नियन्त्रणमा लिएको बताए ।

चीन जस्तो सुविधा सम्पन देश नेपाल नभए पनि लापरवाही गर्न नहुने बताए । भ्रमको पछि लागेर गलत कुरा प्रचार नगर्न आग्रह गर्दै रोग लाग्नै नदिन भिडभाड, विवाह पार्टी, भेलामा नजान आग्रह गरे ।

मास्ककाे अनिवार्य प्रयोग हुनुपर्ने बताए । मिडियाले सहि सूचना दिनु पर्ने भन्दै दम, उच्च रक्तचाप, रोग प्रतिरोधात्मक शक्ति कम भएका मानिसलाई यसले बढि आक्रमण गर्ने भएकाले पार्टी, भेला, मठ मन्दिरमा नजान आग्रह गरे ।

युटुवरहरुले भ्रम सिर्जना गरिरहेको भन्दै बुहानको अनुभवले धेरै कुरा सिकाएको बताए । नेपाल सरकारले सवै किसिमको सतर्कता अपनाउनु पर्ने भन्दै उनले विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डलाई पालना गर्नु पर्ने बताए ।

चिनिया पत्रकारले अहोरात सकारात्मक भएर तथ्यपूर्ण तरिकाले खेलेको भूमिका प्रति नेपाली मिडियाकर्मीले अनुसरण गर्नु पर्ने बताए । सकारात्मक भूमिका खेलेर रिर्पोटिङ्ग गर्न आग्रह गर्दै नेपाली पत्रकारले सहि सुचना फैलाउन आग्रह गरे ।

चीन बारे मिडियाले धेरै हावा फैलाई रहेको प्रति खबरदारी गर्दै पश्चिमा मिडियाले चीनबारे भ्रम फैलाएको बताए । चिनिया प्रविधि र चिनिया उपचार पद्धतिबाट विश्वले सिक्नु पर्ने बताए ।

भिडियो…