महोत्तरीं । जीप दुर्घटनामा परी गम्भीर घाइते भएका नेकपा (माले) का महासचिव सीपी मैनालीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइदै छ ।
बिहीबार दिउँसो झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कारलाई अर्को दिशाबाट आएको ना ४ ख ७६६८ पिकअप भ्यानले ठक्कर दिएको थियो । बर्दिवास नगरपालिका–३ चिसापानीमा भएको सो दुर्घटनामा महासचिव मैनाली घाइते भएका थिए ।
दुर्घटनामा मैनालीसहित पाँच जना घाइते भएको र घाइतेमध्ये मैनालीको अवस्था गम्भीर रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन् ।
मैनालीको टाउको, निधार र छातीमा चोट लागेको देखिएको छ । खुट्टा फ्याक्चर भएको भन्दै उनले महासचिव मैनालीलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको जानकारी दिए । गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर तयारी भएको जानकारी दिए ।