भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

किन बढ्दै छ मधेसमा गरिबी ?

किन बढ्दै छ मधेसमा गरिबी ?

सिरहा । देशकै समृद्धिको रुपमा मानिएको मधेसमा पछिल्लो समय गरिबी बढ्दै गएको छ । सुगमता र स्रोतका हिसाब समृद्ध भइपनि मधेसका किसानको अवस्था झन झन गरिबीतीर उन्मुख भैरहेको जानकारहरुले बताएका छन्।

कृषिमा उर्वरता मात्रै होईन भाषा–संस्कृतिमा पनि मधेस सम्पन्नता नै मानिन्छ, तर मधेसका राजनैतिक दल र तीनका नेतृत्वले मधेसका किसानको एजेण्डा नउठाईदिदा किसान गरिबीको ओरालो झरेका हुन्। मधेसको इतिहास हेर्ने हो भनेपनि राज्य संचालनमा अहम भूमिका छ ।

राष्टपति देखि मन्त्री सम्म धेरै नेताले अवसर पाए तर ती सबैले जनताका एजेण्डा भन्दा पनि राजनीतिलाई नै बढावा दिए । जसका कारण मधेसका जनताको आर्थिक एजेण्डा ओझेलमा पुग्यो । कृषिमा आधुनिक प्रणाली तथा औद्योगिकीकरण हुन नसक्दा कृषि उत्पादनमा कमि हुदै गएको लाहानका कृषक जयन यादवको भनाई छ ।

उर्वर जमिनको उत्पादकत्व बढाउन किसानमैत्री नीति तथा कार्यक्रम ल्याउनमा प्रदेश सरकार चिन्तित नभएको उनको गुनासो छ। समृद्धिका प्रशस्त स्रोत हुँदा पनि प्रदेश दुईको मानव विकास सूचकांक अनुसार मधेसको बहुआयामिक गरिबी दर करिब ४८ प्रतिशत छ।

बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ भने प्रदेशको नीति आयोगको पञ्चवर्षीय योजनाको आधारपत्रमा बहुआयामिक गरिबी दर ४७ दशमलव नौ प्रतिशत रहेको छ। नेपालको बहुआयामिक गरिबी दर २८ दशमलव ६ प्रतिशत छ।

बहुआयामिक गरिबीमा प्रदेश दुईले दोस्रो नम्बरमा आफुलाई उभ्याएको छ। यस प्रदेशको आर्थिक गरिबी दर २७ दशमलव सात प्रतिशत छ, जहाँ कि नेपालको समग्र आर्थिक गरिबी २५ दशमलव दुई प्रतिशत रहेको छ। आर्थिक गरिबी दरमा प्रदेश दुई तेस्रो नम्बरमा उभिएको छ।