भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

किन भत्काइदै छ प्रधानमन्त्रीको सरकारीनिवास ?

किन भत्काइदै छ प्रधानमन्त्रीको सरकारीनिवास ?

काठमाडाैं । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि भत्काउन सुरु गरेको हो । पुराना भवनको ठाउँमा प्रधानमन्त्रीको नयाँ निवास बन्ने भएपछि प्रधानमन्त्री ओलीलाई मुख्यसचिवको सरकारीनिवासमा सारिएको छ ।

भवनका भग्नावशेषको फोहोर र निर्माण सामग्रीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा असर गर्ने भएकाले उनलाई मुख्यसचिवको निवासमा सारिएको हो । नौ दिन अस्पतालमा उपचार गराएर प्रधानमन्त्री ओली अहिले बालुवाटारमा आराम गर्दै आएका छन् ।

मुख्यनिवासमा रहँदै आएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भने सभामुखनिवासमा सारिएको छ । पूर्वसभामुख कृष्णबहादुर महराको निवास खाली भएपछि राष्ट्रिय सभाध्यक्षलाई सो निवासमा सारिएको हो ।