भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कुनै हालतमा नक्कली भुटानी शरणार्थी बनाएर देशको बदनाम गर्नेलाई छोडिन्न : प्रधानमन्त्री दाहाल

कुनै हालतमा नक्कली भुटानी शरणार्थी बनाएर देशको बदनाम गर्नेलाई छोडिन्न : प्रधानमन्त्री दाहाल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याइने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताएका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका हुन । प्रधानमन्त्रीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि यो महत्त्वपूर्ण अवसर रहेको भन्दै कुनै पनि कमजोरी हुन नदिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले यो प्रकरणमा भइरहेको छानबिनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाए । उनले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.