भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

कुभिण्डो जात्रा

कुभिण्डो जात्रा

काठमाडौं । हरेक वर्ष विजया दशमी टीकाको भोलि पल्ट एकादशीको दिन भूईफसी पालेगु जात्रा (कुभिण्डो काट्ने जात्रा) मनाईने चलन छ ।

कुटु थरका गुठीयारले लायकूबाट विभिन्न भाला, तरबार बोकेर युद्धको लागि गरिने अभ्यास गर्दै ईनाय टोल, दुई पोखरी दिगु भैरव परिक्रममा गरी बालकुमारी मन्दिर परिसरमा कुभिण्डो काट्ने प्रचलन रहेको छ ।

मध्यपुर ठीमी लाय्कूदरबारबाट पापाकुङ्शा एकादशीका दिन मनाइने कुभिण्डो जात्रा मनाइएको हो । थिमिमा हरेक वर्ष बाजागाजासहित यो जात्रा मनाइन्छ । कुभिण्डोलाई जात्रा गरी गुठीयारहरुले तरवार, खुदा, ढाल, लिएर लाय्कू, दुईपोखरी, दिगुभैरव घुमेर पुन लाय्कू,

मरुटोलहुँदै बालकुमारीमा पुगेर नायो पमा (पमा नाइके) बाट खुदाले कुभिण्डो काट्ने प्रचलन छ । कुभिण्डो जात्रामा बालकुमारी र नारायणीको मूर्ति परिक्रमा गरिँदै बालकुमारी र नारायणीको मूर्ति परिक्रमा गराउने चलन छ ।

कुभिण्डोलाई लायकू दरबारबाट जात्रा गरी इनायलाछी, दुईपोखरी, दिगु भैरव परिक्रमा गरी दथुटोल, मरुटोल हुँदै बालकुमारी मन्दिर परिक्रमा गरी मन्दिर परिसरमा कुभिण्डो काट्ने प्रचलन छ ।

 


Thali Mobile Pvt.Ltd.