भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

कृषि उत्पादन वृद्धि सम्सीको सङ्कल्प

कृषि उत्पादन वृद्धि सम्सीको सङ्कल्प

महोत्तरी । महोत्तरी जिल्लाको भारतीय सीमावर्ती सम्सी गाउँपालिकाले कृषि उत्पादन वृद्धिको सङ्कल्प लिएको छ । बुधबार सम्पन्न सम्सी गाउँपालिकाको पाँचौँ गाउँसभाले ‘समृद्ध सम्सीको आधार, पशुपालन र अन्नबालीको भण्डार’ भन्ने मुख्य नारा पारित गर्दै कृषि उत्पादन वृद्धिको सङ्कल्प लिएको हो । सम्पन्न गाउँसभाले चालू आर्थिक वर्ष २०७७र७८ का लागि रु ४६ करोड २३ लाख ३९ हजार ५४० को बजेट पारित गरेको छ । सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान, राजश्व बाँडफाँड, सशर्त अनुदान, प्रदेश सरकारबाट वित्तीय समानीकरण र सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान, बहुक्षेत्रीय पोषण कार्यक्रम, आन्तरिक स्रोत परिचालन र गत वर्षको मौज्दातसहित शीर्षकमा गरी गाउँसभाले अनुमानित बजेट पारित गरेको हो ।

विभिन्न शीर्षकमा खर्च गर्ने गरी पारित कूल आयमध्ये कृषिलाई उच्च प्राथमिकतामा राखेर चालू खर्च ४० प्रतिशत र पूँजीगत खर्च ६० प्रतिशत विनियोजन गरिएको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुखले जानकारी दिनुभयो । लामो समयसम्म राजनीतिक खिचातानी र अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतबीच असमझदारी बढ्दा गाउँपालिकाको सबैजसो काम रोकिँदै आएको थियो । अब सबै पक्षबीच उच्चतम राजनीतिक समझदारी तथा जनप्रतिनिधि र कार्यालयबीच समन्वय गरेर गाउँसभाको सङ्कल्प पूरा गरिने अध्यक्ष फारुखको भनाइ छ ।

“हाम्रो पहिचान र बिशिष्टता कृषिमै खोज्नेछौँ, हाम्रा प्रयत्न सबै कृषिका लागि समर्पित हुनेछन्”, गाउँसभा सम्पन्न भएपछि अध्यक्ष फारुखले उत्साहित हुँदै भन्नुभयो, “हाम्रा गाउँबस्ती अब अन्नबालीको भण्डार र दूध तथा मासुजन्य आहारको मुख्य थलो बन्नेछन् ।” भारतसँग आवतजावत र व्यापारिक कारोवारको पनि जिल्लाकै मुख्य नाकामध्ये नै मानिने सम्सी यसपालि कोभिड–१९ सङ्क्रमण सन्त्रासले गाँजेको ठाउँ हो । जिल्लामा हालसम्मका कूल सङ्क्रमित एक हजार ६०३ मध्ये ३०० भन्दा माथि सम्सी गाउँपालिकाभित्रकै रहेको पुष्टि भएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.