भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

केपी ओली र विष्णु पौडेल पार्टीबाटै निष्कासित

केपी ओली र विष्णु पौडेल पार्टीबाटै निष्कासित

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले केपी ओली र विष्णु पौडेललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ ।

सोमबार बसेको चौथो केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । तर एक केन्द्रीय सदस्यका अनुसार महासचिव विष्णु पौडेललाई पनि बैठकले हटाएको दावी गरे भने अर्का एक केन्द्रीय सदस्यले महासचिव पदबाट मात्र हटाएको बताए ।

ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.