भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

केराबारीमा मजदुरलाई निशुल्क दाल, चामल, नून, तेल

केराबारीमा मजदुरलाई निशुल्क दाल, चामल, नून, तेल

श्याम नेपाली ‘हिमाल’, मोरङ । ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ भन्ने नाराका साथ केराबारी गाउँपालिकाको भवनअगाडि दैनिक ज्याला मजदुरी गरेर खाने मानिसका लागि निशुल्क खाध्यन्नको व्यवस्था गरिएको छ ।

बिहान ९ देखि १० बजेसम्म खुल्ला गरिएको चामल, दाल, तेल, नुन र सोयाबिनका पोका वितरण गरिन्छ । कोरोना महामारी र लकडाउनले दैनिक ज्याला-मजदुरी गरेर खानुपर्नेलाई एक छाक टार्न यसले सहज मात्रै होइन राहत पुगेको छ । थोरै भए पनि राहत होस् भनेर नै नेपाल तरुण दल, केराघारीले ुफुड बैंकु सुरू गरेको हो ।

नहुनेलाई निस्शुल्क बाँड्ने उद्देश्यले यो अभियान सुरू गरिएको तरुण दल मोरङका अध्यक्ष पप्पु साहले बताए । रोगले भन्दा भोकले मानिस नमरोस भन्ने उदेश्यका साथ थोरै भएपनि राहत मिलोस भनेर यस्तो गरिएको उनको भनाइ छ । अहिले सम्म दुई सयबढीले आफूलाई चाहिएका सामग्री लगेको भन्दै फुड बैंकले २ किलो चामल, १ प्याकेट नुन, आधा लिटर तेल, आधा किलो सोयाबिन र आधा किलो दाल वितरण गरिदै आएको बताए ।

राहत वितरण र व्यवस्थापनमा तरूणदलका सदस्य पालैपालो खटिने गरेका छन् । फुड बैंकमा ५० हजार रूपैयाँभन्दा बढीको आर्थिक सहयोग पनि जुटेको तथ्याङ्क दलसंग छ । यस्तो काम त वडा सरकारले संचालन गर्नु पर्ने तर्क तरूण सदस्यको छ । वडाको सहयोगमा यो अभियान चलाउन सके धेरैलाई राहत हुने उनीहरूको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.