कैलाली । जानकी गाउँपालिका वडा नं. ५ स्कुलपुरमा आगलागी भएर गोठ जलेर नष्ट भएके छ । पानी तान्ने मोटरको तार सट भएर आगलागीहुदा लालु सुनारको गोठ, परालसहित पानी तान्ने मोटर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
बिहिवार दिउसो सिचाईका लागी चलाएको मोटरको तार सट भएर आगलागी भएको हो । आगलागीबाट करिब २ लाख बराबरको क्षति भएको छ । आगो १ घण्टा पछि स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।
