भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

कोटभैरव र दुधेश्वरमा झोलुङ्गे पुल निर्माण

कोटभैरव र दुधेश्वरमा झोलुङ्गे पुल निर्माण

डाेटी । जिल्लामा पर्यटक भित्र्याउनका लागि दिपायल सिलगढी नगरपालिका–२ र ५ मा स्थित ऐतिहासिक तथा पुरातात्विक पुराना धार्मिकस्थल कोटभैरव तथा दुधेश्वरमा झोलुङ्गे पुल निर्माण गरिन थालिएको छ । यहाँको दृष्यावलोकन गर्न सहज होस् भन्ने उद्देश्यले दिपायलस्थित द्वारीखोलामाथि कम्तीमा ७० मिटर उचाइमा उक्त पुल निर्माण गरिन लागिएको हो ।

कोटभैरव तथा दुधेश्वर मन्दिरको प्रचार–प्रसार तथा पर्यटकलाई आकर्षित गराउनका लागि उक्त पुल निर्माणको थालनी गरिएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाकै इतिहास बोकेका थी दुई पुराना मन्दिरमा पर्यटकका लागि सहजता र पर्यटक भित्र्याउनका लागि पुल निर्माणको काम सुरु गरेका छौँ, पुल बनेपछि पर्यटकको भीड लाग्ने छ ।” दुई डाँडामाथि रहेका धार्मिकस्थलको एकैचोटी दर्शन गर्न पाइने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन उक्त पुलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार र दिपायल सिलगढीको रु ८६ लाख ३८ हजार ७०० को लागतमा निर्माण हुन लागेको उक्त झोलुङ्गे पुलको लम्बाइ २०० मिटर छ । देवभूमि कन्स्ट्रक्शन अमरगढी–५ डडेल्धुराले २०७८ असार १७ गते सम्झौता गरी आउँदो २०७९ असार १५ गतेसम्म निर्माणको काम सक्ने गरी सम्झौता गरिएको छ । पर्यटनको प्रमुख केन्द्रविन्दु बन्नसक्ने जनाउँदै पुरानो राजदरबारसमेत रहेको उक्त ठाउँमा सुदूरपश्चिममा झल्किने परम्परागत बाजागाजा, पहिरन, भाँडाकुँडालगायत लोप हुन लागेका वस्तु राख्ने र सङ्ग्रहालय निर्माण गर्ने योजना रहेको दिपायल सिलगढी नगरपालिकाले जनाएको छ ।

उक्त पुलबाट यहाँका प्रमुख व्यापारिक केन्द्र दिपायल, पिपल्ला एयरपोर्ट, राजपुर तथा घोलतडालगायतका होचा फाँट हेर्न मिल्ने भएको हुँदा पर्यटकको आकर्षण बढ्ने स्थानीयवासी तुलसी शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका रमाइला फाँट र व्यापारिक केन्द्रको अवलोकन गर्न निकै सहज हुने भएकाले पुल बनेपछि पर्यटकका लागि निकै सहज हुने छ ।” आन्तरिक तथा बाह्य पर्यटकसमेत पुल अवलोकन गर्न आएपछि यहाँका धार्मिक पर्यटकलाई देश विदेशमा चिनाउन सहज हुने अपेक्षा लिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.