भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

‘कोरोनाको तेस्रो लहरको जोखिमको आकलन गरेर पूर्वतयारी थालिएको छ’

‘कोरोनाको तेस्रो लहरको जोखिमको आकलन गरेर पूर्वतयारी थालिएको छ’

वाग्मती । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिमको आङ्कलन गरेर पूर्वतयारी थालिएको बताए । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुतीकरण गर्दै उहाँले कोरोनाको तेस्रो चरणमा बालबालिका बढी प्रभावित हुन सक्ने चर्चा भएअनुरुप अस्पताललाई २० प्रतिशत बेड छुट्याएर राख्नका लागि निर्देशन दिइएको जानकारी दिइन्र ।

मन्त्री बस्नेतले ठोस योजना निर्माण गरेर महामारीको नियन्त्रण तथा उपचारलाई निरन्तरता दिँदै खोप कार्यक्रमलाई सशक्त पारिने बताउनुभयो । हामी सबैको लक्ष्य खोप भएकाले सरकारले प्रदेशभरका नागरिकलाई खोप लगाउनका लागि रु दुई अर्ब बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो । प्रदेशमा खोप कसरी व्यवस्थापन गर्ने भनेर लागिपरेको जनाउँदै उहाँले प्रदेश सरकारले सोझै खरीद गर्ने व्यवस्था बने सोझै नभए सङ्घीय सरकारसँग सहकार्य गरेर प्रदेशका खोपका लागि उमेर पुगेका सबै नागरिकलाई खोप लगाइने बताइन्र ।

उहाँले धादिङ अस्पतालको भवन, त्रिशूली अस्पताल नुवाकोटको आवास गृह निर्माण गरिएको, प्रदेश मातहतका जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल अस्पताल, त्रिशूली अस्पताल, भक्तपुर अस्पताल, हेटौँडा अस्पताल, सिन्धुली अस्पताल र चरिकोट अस्पतालबाट नियमितरुपमा पिसिआर परीक्षण सेवा सञ्चालन भइरहेको, आठवटै अस्पतालबाट कोभिडको उपचारका लागि आइसोलेशन तथा त्रिशूली, भक्तपुर, हेटौँडा, धादिङ र सिन्धुली अस्पतालबाट आइसियु तथा एडियु सेवा प्रवाह भइरहेको जानकारी दिएन्र।

साथै स्वास्थ्य कार्यालयहरूबाट रोकथाम र नियन्त्रणका कार्य भइरहेको बताए । सिन्धुली अस्पताल, हेटौँडा अस्पताल, धादिङ् अस्पताल र त्रिशूली अस्पतालमा अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा रहेका तथा बाँकी जिल्लामा जडान गर्न खरीदको अन्तिम चरणमा रहेको उहाँको भनाइ थियो ।

 


Thali Mobile Pvt.Ltd.