भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कोरोना उपचारमा चीनसँग अत्यावश्यक सामग्री माग्दै सरकार

कोरोना उपचारमा चीनसँग अत्यावश्यक सामग्री माग्दै सरकार

काठमाडौं । कोभिड–१९को पहिचान, परीक्षण, उपचार र रोकथामका लागि सरकारले चीनसंग अत्यावश्यक सामग्रीहरु माग गरेको छ । नेपाललाई आवश्यक सामग्री सहयोग गर्न तयार रहेको चीनले बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सेवा विभागअन्तगर्त अत्यावश्यक उपकरण र सामाग्रीको सूची बनाएर परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाएको छ ।

खरिद गर्दा तत्काल अत्यावश्यक उपकरण नआउने देखिएपछि मन्त्रालयले चीनसँग २० हजार थान एन ९५ मास्क, १०० थान पोर्टेबल भेन्टिलेटर, २ हजार थान मोनिटर, २० थान एबिजी मेसिन, २० थान भाइरल डिटेक्टिङ पिसिआर मेसिन, ५ थान अक्सिजन प्लान्ट मगाएकाे छ ।

त्यस्तै १० हजार थान रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन, २ हजार थान इन्ट्युवेटिङ सेट, ७ थान इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स, २० थान सिआरआरटी मेसिन, २ हजार थान पिसिआर किट्स, १ हजार थान थर्मल थर्मोमिटर, १० थान थर्मो स्क्यानर, ५ थान मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्सलगायतका सामाग्री सरकारले माग गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.