भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

उत्तर र दक्षिणतर्फका सबै सीमा नाकाहरू बन्द गर्ने तयारी

उत्तर र दक्षिणतर्फका सबै सीमा नाकाहरू बन्द गर्ने तयारी

काठमाडौं । विश्वव्यापी कोभिड–१९ कोरोना भाइरसको त्रास बढ्दै जाँदा नेपाल भित्रन नदिन सरकारले कार्यालयहरू बन्द गर्ने तयारी गरेको छ ।

अदालत, विद्यालय, महाविद्यालयहरू बन्द भइसकेका छन् भने सरकारले अत्यावश्यक बाहेकका सबै सरकारी, निजी कार्यालयहरू बन्द गर्ने तयारीमा सरकार लागिरहेको छ । यसबारेमा प्रधानमन्त्रीले साँझ ६ बजे सम्बोधन गर्दै विस्तृतमा प्रकाश पार्ने तयारी गरिएको छ । शुक्रबार साँझ कोरोना रोकथाम, नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठक पनि बस्दैछ । समितिले नै थप घोषणाको तयारी गरेको छ ।

सरकारले उत्तर र दक्षिणतर्फका सबै सीमा नाकाहरू कम्तीमा दुईसाता बन्द गर्ने तयारी गरेको छ । आपूर्ति नरोक्ने तर मानिसहरूको आवतजावत बन्द गर्ने सरकारले तयारी गरेको हो । यसका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही दिनदेखि सम्बन्धित पक्षसँग संवाद गरिरहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.