भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कोरोना रोकथाममा ६ अर्ब ३ करोड खर्च भैसक्यो याे खर्च अझै बढ्छ : स्वास्थ्यमन्त्री

कोरोना रोकथाममा ६ अर्ब ३ करोड खर्च भैसक्यो याे खर्च अझै बढ्छ : स्वास्थ्यमन्त्री

२६ जेठ २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म ६ अर्ब ३ करोड खर्च भएको बताएका छन् ।

प्रतिनिधिसभा सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिँदै उनले संघ, प्रदेश र स्थानीय सरकारबाट खर्च भएको विवरण प्रस्तुत गरेका हुन् ।

भएको खर्चमध्ये २ सय ७६ करोड स्थानीय तहबाट, प्रदेशको तर्फबाट १ सय ८ करोड र संघको तर्फबाट ६ सय ३ करोड खर्च भएको जिकिर गरे । यो खर्चमा ६ सय ४१ वटा पालिकाको खर्च मात्रै समावेश भएका र सबै पालिकाको खर्च जोड्दा अझै बढ्न सक्ने मन्त्री ढकाले बताए ।

सांसदहरुले कोरोना नियन्त्रणमा भएको भनिएको १० अर्ब रुपैयाँ खर्चमा प्रश्‍न उठाएपछि मन्त्री ढकालले सरकारको तहगत खर्च विवरण प्रस्तुत गरेका हुन् । उनले सरकारी निकायबाट भएको खर्च प्रक्रिया पुरा गरेर जो सुकैले हेर्न सक्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.