भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘कौसिद’को शुभ मुहूर्त, माघ १ गते

‘कौसिद’को शुभ मुहूर्त, माघ १ गते

काठमाडौँ । चलचित्र ‘कौसिद’को चावहिलस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको छ । निर्देशक कुमार भास्कर, निर्माता केदार भुषालसहित ऋचा शर्माले पूजाआजा गरी फिल्मको शुभ मुहूर्त गरेका हुन ।

सोसल ड्रामा जनरामा बन्न लागेको चलचित्र ‘कौसिद’को केशव पाण्डेले मुहूर्त शटको क्ल्याप गरेका थिए । आगामी माघ १ गतेदेखि छायांकन थालिने निर्माण पक्षले जानकारी दिएको छ । भोलाराज सापकोटा र ऋचा शर्मा चलचित्रको मुख्य भूमिकामा रहने र अन्य कलाकारहरु अडिसनबाट छनोट गरिने बताइएको छ ।

जीवनयापनका सहज तरिकाले चलाउन के कस्ता व्याधा व्यवधानको सामना गर्नुपर्छ भन्ने विषयमा चलचित्र केन्द्रित हुने बड पिक्चर्सका संस्थापक तथा फिल्म ‘कौसिद’का कार्यकारी निर्माता दिमेश श्रेष्ठले जनाए ।

 


Thali Mobile Pvt.Ltd.