राजसंस्था पुनस्थापनामा राप्रपा

राजसंस्था पुनस्थापनामा राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले प्रजातन्त्र जोगाउन राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।

राजसंस्था, हिन्दुराष्ट्र पूनःस्थापना गर्नुको विकल्प नभएको भन्दै अध्यक्ष राणाले स्थिरता र स्थायित्व दिन्छौं भनेर डिङ हाँक्ने साम्यवादी सरकारले जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको दावी गरे । राप्रपाद्वारा शुक्रबार काठमाडौंमा आयोजित बृहद जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले नेकपा सरकारको आलोचना गरे ।

यस्तै राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ओलीका कारण नेपाली जनताले दुःख पाएको बताए । केपी ओली सरकारले संविधानविपरीत प्रतिनिधिसभा विघठन गरेको भन्दै कडा आलोचना समेत गरे । संसद विघठन गरेर चुनावमा जाने संविधानमा कुनै व्यवस्था नभएको उनको दावी छ ।

 


Thali Mobile Pvt.Ltd.