भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

क्यान्सरपीडितलाई आर्थिक सहयोग

क्यान्सरपीडितलाई आर्थिक सहयोग

सुर्खेत । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ११० क्यान्सरपीडितलाई यातायात खर्च प्रदान गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ मा ती बिररामीलाई जनही रु १० हजारका दरले रु ११ लाख उपलब्ध गराएको हो ।

सुर्खेतमा क्यान्सरको उपचार नहुने र उपचारका लागि बाहिर जानुपर्ने बाध्यता भएका बिरामीलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उनीहरुलाई यातायात खर्चको व्यवस्थापन गरिएको कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो ।

“क्यान्सरपीडितलाई एकपटक रकम दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पीडितलाई भने दोहो¥याएर पनि यातायात खर्च उपलब्ध गरिएको छ ।” त्यस्तै दोहोरिएर आएका क्षयरोगका बिरामीलाई दिएको पोषण तथा यातायात खर्चअन्तर्गत प्रतिव्यक्ति मासिक रु ५०० दरले छ महिनाको रु तीन हजारका दरले रु दुई लाख रकम भुक्तानी भएको कार्यालयले जनाएकोे छ ।
उहाँले भन्नुभयो, “एमडीआर टिबी भएका बिरामीलाई चालु आवमा प्रतिमहिना रु तीन हजारका दरले रु चार लाख रकम भुक्तानी भएको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत आकस्मिक अवस्थाका गर्भवती तथा सुत्केरीलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याउँदा छ महिलालाई रु ५१ हजार प्रदान उपलब्ध गरेका छौँ ।”

त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइका निम्ति रु दुई लाख ८० हजार खर्च भएको छ । चालु आव २०७८÷७९ मा प्राप्त रु १२ करोड बजेटमा ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.