भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

क्यारेबियन प्रिमियर लिगको सेमिफाइल हुदै, कसले मार्ला बाजी ?

क्यारेबियन प्रिमियर लिगको सेमिफाइल हुदै, कसले मार्ला बाजी ?

काठमाडौँ । ब्रायन लारा क्रिकेट स्टेडियममामा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तालावाजले फाइनल प्रवेशका लागि आज ट्रिन्बागो नाइटाडर्ससंग प्रतिस्पर्धा गर्दैछ ।

तालावाज र नाइटाडर्सबीचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार बेलुका पौने आठ बजेबाट सुरु हुने छ ।जमैका लिग चरणमा दश खेलमध्ये जम्मा ३ खेलमा जीत र एक खेलमा अंक बाड्दै अकंतालिकाको चौथौ स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । शतप्रतिशत जीतसहित टेबल टप गरि सेमिफाइनल पुगेको ट्रिन्बागोसंगको प्रतिस्पर्धा जमैकाका लागि फलामको च्युरा चपाउनु जस्तै कठिन हुनेछ ।

आन्द्रे रसेल, ग्लेन फ्लिप्स, आसिफ अलि जस्ता स्टार ब्याट्सम्या भएतापनि प्रतियोगिताको सुरुवातबाटनै जमैकाको ब्याटिङ अडर चल्न सकेको छैन् । पहिलो सेमिफाइनल खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । दोस्रो सेमिफाइनलमा गुएना अमेजन वारियार्स र सेन्ट लुसिया जोउक्स भिड्ने छन् ।

 


Thali Mobile Pvt.Ltd.