भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कंगनाको सुरक्षाका लागि ११ सुरक्षाकर्मी तैनाथ

कंगनाको सुरक्षाका लागि ११ सुरक्षाकर्मी तैनाथ

भारत । सरकारले अभिनेत्री कंगना रनौतलाई ‘वाई’ श्रेणीको सुरक्षा दिएको छ । मुम्बई जानुअघि उनलाई गृह मन्त्रालयले उच्चस्तरको सुरक्षा दिएको हो । अब कंगनाका सुरक्षाका लागि ११ सुरक्षाकर्मी तैनाथ हुनेछन् ।

९ सेप्टेम्बरमा मुम्बई जाँदै गरेकी उनलाई सिफ्टका आधारमा २४सै घन्टा सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । कंगनाले गृहमन्त्री अमित शाहलाई ट्विटरमा मेन्सन गर्दै ‘वाई’ श्रेणीको सुरक्षा दिइएकोप्रति आभार प्रकट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘यो यस्तो प्रमाण हो कि कुनै पनि देशभक्त आवाजलाई कोही फासीवादीले कुल्चन सक्दैन ।’

शिवसेनाका सांसद सञ्जय राउतले केही दिनअघि उनलाई मुम्बईमा डर लाग्छ भने नआउन भन्दै धम्की दिइएको थियो । यसपछि कंगनाले सामाजिक सञ्जालमा आफू ९ सेप्टेम्बरमा मुम्बई आउने र हिम्मत भए रोकेर देखाउनु भनेर बोलिन् । केही समयअघि मुम्बई प्रहरीसँग आफूलाई डर लाग्ने अभिव्यक्ति दिएपछि पनि उनी विवादमा तानिएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.