भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

क्लबमा गोलाबारी हुदाँ ६ घाइते,संदिग्ध पक्राउ नपरेको जानकारी

क्लबमा गोलाबारी हुदाँ ६ घाइते,संदिग्ध पक्राउ नपरेको जानकारी

न्युयोर्क । अमेरिकामा अन्धाधुन्ध गोलीबारी भएको छ । अमेरिकाको ह्युस्टन सहरस्थित ट्याबु क्लब बाहिर आइतबार अन्धाधुन्ध गोलाबारी भएको हो । उक्त गोलाबरीमा ६ जनालाई गोली लागेको जनाएको छ । प्रहरी पार्किङ क्षेत्रमा पुग्दा ६ जनालाई गोली लागेको पाइएको थियो, जसमध्ये एकको अवस्था गम्भीर छ ।

घाइतेको शल्यक्रिया गरिएको छ । अभियुक्तको सुराक अहिलेसम्म फेला परेको छैन । ह्युस्टनका प्रहरी प्रमुख ट्रोय फाइनरले भीडभाड भएको पार्किङ स्थलमा कसैले गोली चलाएको बताए । हालसम्म कुनै पनि संदिग्धलाई पक्राउ नगरिएको उनले बताएका छन् ।

आइतबार बिदा भएकाले क्लबमा भीड लागेको थियो । घटनाको समयमा क्लबको पार्किङ क्षेत्रमा पनि ठूलो संख्यामा मानिसहरु जम्मा भएका थिए । यसैबीच अज्ञात व्यक्तिले गोली चलाउन थालेपछि उनीहरु भागेका थिए ।

 


Thali Mobile Pvt.Ltd.