भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

तीन वटा गाउँ फिर्ता लिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीको दाबी

तीन वटा गाउँ फिर्ता लिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीको दाबी

एजेन्सी । आफ्नो तीनवटा गाउँ फिर्ता लिएको युक्रेनले दाबी गरेको छ । रुसले कब्जामा लिएको गाउँ फिर्ता लिएको युक्रेनले दाबी गरेको हो । रुसले भने युक्रेनको यो दाबी अस्विकार गरेको छ । आफ्नो नियन्त्रणको रहेको एक इन्च जमिन पनि युक्रनेले फिर्ता नलिएको रुसको भनाई छ ।

युक्रेनले भने कब्जामुक्त गराएको गाउँमा आफ्नो सेनाले राष्ट्रिय झण्डासहित उत्सब मनाइरहेको भन्दै केही तस्बीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । युुक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथिको प्रतिआक्रमणको क्रममा युक्रेनी सेना देशको दक्षिणी भागबाट अघि बढिरहेको जानकारी गराए ।

युक्रेनको निप्रो नदिमा बनाइएको एउटा ठूलो बाँध भत्केपछी यी दुई राष्ट्रबीचको आक्रमण तीब्र भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले देशको दक्षिण पुर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी कब्जाबाट मुक्त गराएको दाबी गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.