भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

क्षुद्रग्रह दिवस मनाइँदै

क्षुद्रग्रह दिवस मनाइँदै

काठमाडौँ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले क्षुद्रग्रह दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छ । विश्वका विभिन्न देशमा सन् २०१५ देखि यो दिवस मनाउन थालिएको हो । सन् २०१६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यो दिवसलाई मान्यता दिएपछि भने सन् २०१७ देखि धेरै देशले मनाउन थालेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । सोसाइटीले सन् २०१७ र २०१८ मा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट सँग मिलेर दिवस मनाएको थियो ।

सौर्यमण्डल बन्दा अवशेषका रूपमा मङ्गल र बृहस्पति ग्रहका बीचमा रहेको भागलाई क्षुद्रग्रह भनिन्छ । यी ग्रह पृथ्वीलाई पार गरेर जान सक्ने भएकाले खतरा रहेको अध्यक्ष भट्टराई बताए । सन् १९०८ मा रसियास्थित साइबेरियाको जङ्गली क्षेत्रमा सानो क्षुद्र ग्रह आएर टुङुस्का नामको घटना भएको उहाँले सुनाउनुभयो ।  जङ्गली क्षेत्रमा ठोक्किएकाले वन सखाप भएको थियो । यसैले पृथ्वीलाई खतरा हुन सक्ने क्षुद्रग्रहको अध्ययन अनुसन्धान गरिनुृुपर्ने माग सोसाइटीले राख्दै आएको छ ।

सोसाइटीले सन् २०१६ देखि क्षुद्रग्रह खोज अभियान शुरु गरेको छ । यसक्रममा सन् २०२१ को मेसम्म एक हजार १९४ क्षुद्रग्रह सोसाइटीकै नेतृत्मा भएको खोजबाट पत्ता लागेको छ । यीमध्ये ११ वटाले अस्थायी नाम पाएका छन् । एउटा भने पृथ्वीका लागि खतरनाक रहेको छ । यसको नाम २०१९ के के ५ राखिएको छ । यी ग्रह पृथ्वीको कक्ष काटेर जाने बेलामा खतरा मानिन्छन् । क्षुद्रग्रहलाई नाङ्गो आँखाले देख्न सकिँदैन ।

Mohotsav


Thali Mobile Pvt.Ltd.