भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

खतरानाक रूप लिदै मानसिक रोगले

खतरानाक रूप लिदै मानसिक रोगले

काठमाण्डौ । नेपालमा पनि विश्व मानसिक स्वास्थ्य दिवस, मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्षको अक्टोबर १० तारिखलाई मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले विश्वमै मानसिक रोगका बिरामी बढ्न थालेका छन् ।

कोरोना कहर, लामो समय भएको लकडाउन, आर्थिक अभावलगायतका कारण मानसिक समस्याका बिरामी बढ्दै गएको जनाइएको छ ।
एक जनाले आत्महत्या गर्दा २० जनाले आत्महत्याको प्रयास गरेका हुन्छन् । आत्महत्या गर्नेले आत्महत्या गर्नु पहिले नै धेरै सङ्केत दिन्छन् । तर त्यसलाई बुझ्न नसक्दा उसको ज्यान जाने गरेको जानकारहरुले बताएका छन् ।

एक अध्ययनका अनुसार मानसिक समस्याको बेलैमा उपचार गर्न नसके सन् २०३० पछि तीन जनामध्ये एक जनालाई मनोरोग लाग्ने देखिएको छ । ज्यान गुमाउने कारक तत्वमध्ये मानसिक रोग ७ औं नम्बरमा पर्छ । मानसिक समस्या बढ्दै गएकाले यो सङ्ख्या दुई नम्बरमा पुग्ने अनुमान समेत गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.