भर्खरै : Sorry, your browser does not support inline SVG.

खाल्डोमा डुबेर बालकको मृत्यु

खाल्डोमा डुबेर बालकको मृत्यु

मध्यपुरथिमी । चाँगुनारायण नगरपालिका–९ ताथलीमा रहेको बिएम इँटाभट्टाको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीयवासी राजु मछेका छोरा १० वर्षीय रोजनको शव पोखरीमा आज भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।शुक्रबार करीब ११ः०० बजेदेखि बालक हराएको भन्दै वरिपरि छिमेकी, साथीभाइसँग बुझ्दासमेत कतै फेला नपरेपछि आज थप खोजतलास गर्दा पोखरीमा बच्चा डुबेको भेटिएको प्रहरीले जानकारी दिएको छ । इँटाभट्टाले जथाभावी खाल्डा खनेर पोखरी बनाएर बारसमेत नहाली राख्दा हरेक वर्ष भक्तपुरका इँटाभट्टामा यसैगरी बच्चा डुब्ने गरेका छन् । शवपरीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.