काठमाडौं । सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नियुक्त भएका छन् । ज्ञवालीलाई सोमबारको मन्त्रिपरिषद् बैठकले प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्थ, सूचना, सञ्चार तथा प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रवक्ता पद रिक्त रहेको अवस्थामा ज्ञावलीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । अन्य व्यवस्था नभएसम्मका ज्ञावली प्रवक्तामा रहने छन् ।
