भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

खेलाडीको गोलीहानी हत्या

खेलाडीको गोलीहानी हत्या

काठमाडौं । ब्राजिलमा एक जना खेलाडीको गोलीहानी हत्या गरिएको छ । ब्राजिलको एथलेटिक्स जिउ जित्सु च्याम्पियन लिएन्ड्रो लोको गोली हानी हत्या गरिएको हो । गोली प्रहार लगत्तै फरार भएकालाई प्रहरीको खोजी कार्य जारी राखेको छ । टाउकोमा गोली लागेका लोको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

उनलाई ब्राजिलको साउ पाउलोस्थित नाइट क्लबमा ड्युटीबाहिर रहेका प्रहरीले गोली हानी हत्या गरेको हो । उनको ब्रेरेन डेडका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । ३३ वर्षीय लोले ब्राजिलका लागि ८ वर्षसम्म एथलेटिक्समा लगातार स्वर्ण पदक दिलाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.