भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

खेल पर्यटन बढाउन झिल्टुङ क्रसकन्ट्री दौड

खेल पर्यटन बढाउन झिल्टुङ क्रसकन्ट्री दौड

त्रिशूली । पहाडी भूमिमा पर्यटन प्रबर्द्धनसहित नयाँ खेलाडी उत्पादन र खेल क्षेत्रको विकासमा टेवा पुर्‍याउन सुरु गरिएको झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको सातौँ सस्करण शनिबार सम्पन्न भएको छ ।स्थानीय महिला ( आमा ) तथा पुरुष ( बा )हरुकोसमेत सहभागितामा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका राष्ट्रियस्तरका खेलाडीले विभिन्न दश विधामा प्रतिस्पर्धा गर्दै अघिल्ला वर्ष आफ्नै नाममा रहेको कीर्तिमानी ( रेकर्ड ) तोडेका छन् ।

प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी पाएको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीको अनुसार १३ दशमलव ५ किलोमिटर ( किमि ) पुरुष खुलातर्फको प्रतिस्पर्धामा सोलुखुम्बुका सुमन कुलुङले यसअघि आफ्नै नाममा रहेको रेकर्ड तोड्दै पहिलो हुनुभयो । उहाँको पाचौँ सस्करणमा रहेको निर्धारित दुरी पार गर्न लागेको ५३ मिनेट २९ सेकेण्डको रेकर्ड तोड्दै सातौँ सस्करणमा ५३ मिनेट ९ सेकेण्डमा छोट्याउनुभयो । प्रतियागितामा सशस्त्र प्रहरी बलका निरोज भट्ट दोस्रो र काठमाडौँका अनिल कटुवाल तेस्रो हुनुभयो ।

कूल १३ दशमलव ५ किमि महिला खुलातर्फ नेपाल प्रहरीको रेखा विष्ट प्रथम हुनुभयो । उहाँले निर्धारित दूरी एक घण्टा ११ मिनेटमा पूरा गर्नुभयो । उक्त विधामा सोलुखुम्बुका अनिता राई दोस्रो र सिन्धुपाल्चोकको नितु तामाङ तेस्रो हुनुभयो । साथै १३ दशमलव ५ किमिको भेट्रान खुला पुरुषतर्फ काठमाडौँका धर्म महर्जन प्रथम, धादिङका रैवतबहादुर दाहाल दोस्रो र ललितपुरका भीमसेन आले तेस्रो हुनुभयो भने १३ दशमलव ५ किमिको स्थानीय पुरुष ( बा समूह )तर्फ बिमल थापामगर प्रथम, सुमन तामाङ दोस्रो र रोशन श्रेष्ठ तेस्रो हुनुभयो ।

प्रतियोगिताको छोटो दूरीतर्फ ४ दशमलव ५ किमि खुला ( १६ वर्षमुनि ) छात्रातर्फ भक्तपुरका ऊर्जा मधिकर्मी प्रथम, काठमाडौँको आयुस्मा आचार्य दोस्रो र काठमाडाँैकै पूर्णिमा श्रेष्ठ तेस्रो भएको प्रतियोगिताका व्यवस्थापक मोहन नेपालले जानकारी दिनुभयो ।उहाँका अनुसार सोही दूरीतर्फको खुला ९१६ वर्षमुनि० छात्रतर्फ गोरखाको श्याम मगराती प्रथम, ललितपुरका विकेश घिमिरे दोस्रो र सिन्धुपाल्चोकको मिङ्मार सिङ्गी तामाङ तेस्रो हुनुभयो । साथै ४ दशमलव ५ किमी स्थानीय पुरुषतर्फ हीरालाल मिजार प्रथम, सन्तलाल श्रेष्ठ दोस्रो र रुद्रलाल श्रेष्ठ तेस्रो हुनुभयो ।

प्रतियोगिताको लामोदूरी ९१३ दशमलव ५ किमी० तर्फको चार विधामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रू १५ हजार, रू १२ हजार र रू १० हजार प्राप्त गरे । छोटा दूरी ९४ दशमलव ५ किमी०तर्फ विभिन्न छ विधाका प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रू छ हजार, रू चार हजार र रू दुई हजारसहित प्रमाणपत्र र मेडल कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री अजुर्ननरसिंह केसीले प्रदान गर्नुभयो ।

झिल्टुङको पहाडी पहिचानमा योगदान

महाकवी लक्ष्मीप्रसाद देवकोटाले ‘पहाडी जीवन’ निबन्धमा उल्लेख गरेअनुसार रसुवाको गोसाइँकुण्डभन्दा नुवाकोटको झिल्टुङ पहाडी जीवनका लागि उत्कृष्टस्थल मानिन्छ । साविक दुई पिपल, रातमाटे र जिलिङ गाविस तथा हालको बेलकोटगढीको वडा नं ४, ५, ६, ७, ८ र ९ को भूगोललाई झिल्टुङ भनिन्छ ।

यहाँको पहाडी जीवनलाई चिनाउन झिल्टुङ क्रसकन्ट्री प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । खेलाडीका लागि साहसिक र जोखिम दौडको रुपमा प्रतियोगितालाई आकर्षक मानिने भएकाले हरेक वर्ष प्रतिष्ठित खेलाडीको सहभागिता र सङ्ख्यासमेत वृद्धि हुदै आएको प्रतियोगिताको परिकल्पनाकार तथा प्रमुख व्यवस्थापक मोहन नेपालले बताउनुभयो ।

उहाँको अनुसार दौडमार्फत् पहाडी भूमिमा पर्यटक प्रबद्र्धनसहित नयाँ खेलाडीको उत्पादन र खेल क्षेत्रको विकासमा झिल्टुङ्ग क्रसकन्ट्री प्रतियोगिताले महत्वपूर्ण योगदान पुराउदै आएको छ । “सयौँ खेलाडी झिल्टुङ्गका पाखाहरुमा दौडिएर एथलेटिक्सको यात्रामा जोडिएका छन्”, उहाँले भन्नुभयो, “देशभरका खेलाडीलाई भित्र्याएर खेल पर्यटनसहित नयाँ खेलाडी उत्पादन र खेल क्षेत्रको गतिविधिलाई चलायमान बनाउन प्रतियोगिता प्रभावकारी बनेको छ ।”

‘बा र आमा’समेत प्रतिस्पर्धामा

‘झिल्टुङ क्रसकन्ट्री दौड’ प्रतियोगिताका विभिन्न विधामध्ये बा र आमाहरुको दौड प्रतियोगिताले थप रोचक समेत बनाउँदै आएको छ । ग्रामीण क्षेत्रको यस ठाउँका महिला घरको चुलोचौका र घाँस दाउरामा सीमित हुने गरेकोमा प्रतियोगिताले ती आमालाई घरबाट बाहिर निस्कने अवसर मात्रै होइन पुरुषसरह प्रतिस्पर्धामा अघि बढ्न सक्छन् भन्ने सन्देश दिएको छ ।

सुरुसुरुमा त उमेरले बुढो भइसकेको शरीर पनि दौडन सक्छ भन्ने लागेको थियो । तर, अरुसँग प्रतिस्पर्धा गर्न थालेपछि त सजिलो हुने रहेछ भन्नुहुन्छ प्रतियोगितामा सातौँ सस्करणमा तेस्रो हुनुभएका लक्ष्मी श्रेष्ठ । “दौडिनु पनि खेल हो र रु भन्ने लागेको थियो । झन अगाडि नै पुग्न सके पैसा पनि ( पुरस्कार ) पाइने रहेछ”, उहाँले भन्नुभयो । सुरुवाती समयदेखि नै आमालाई सहभागिता गराएको भए पनि पाचौँ सस्करणदेखि उहाँहरुलाई पनि सहभागी गराइएको छ । आमहरु छोटो दूरीमा मात्रै प्रतिस्पर्धा गछर्न् भने बा समूहमा आवद्ध पुरुष लामो दुरीमासमेत दौडन्छन् ।

प्रतियोगिता परिमार्जनको तयारी

बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा रहेको महादेव माध्यमिक विद्यालयको आयोजनामा लियो क्लब अफ नुवाकोटले सुरु गरेको प्रतियोगिता अहिले बेलकोटगढी नगरपालिकाको आर्थिक व्यवस्थापनमा वडा नं ५ को कार्यालयले सञ्चालन गर्दै आएको छ ।

सातौँ सस्करणको प्रतियोगिताको प्रमुख अथितिका रुपमा सहभागी प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले क्रसकन्ट्रीलाई ‘एकीकरण’ नाम राख्न सुझाव दिनुभयो ।

झिल्टुङ काठमाडौँबाट ५० किमिको दुरीमा पर्दछ । झिल्टुङबाट ८५ किमि दूरीमा रहेको चीनस्थित रसुवागढी नाकासम्म पुराउने लक्ष्य लिएको बेलकोटगढी नगरपालिकाको नगरप्रमुख जगतबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार सहभागिता वृद्धि गरेर बेलकोटगढीले एथलेटिक्स परिवार नेपालसँगको सल्लाहमा खेल पर्वको रुपमा मनाउन प्रतियोगिताको आगामी संस्करण परिमार्जन गर्न लागेको हो ।

“स्थानीय स्रोत र साधनको उपयोग गरेर सुरु गरिएको प्रतियोगिता समयअनुकूल परिष्कृत हुँदै आइरहेकोे छ”, नगरप्रमुख गुरुङले भन्नुभयो, “अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीको सक्रिय सहभागिताले प्रतियोगिताको नाम जस्तै खेलको क्षेत्र र सहभागितालाईसमेत अन्तर्राष्ट्रिय बनाउन खोजिरहेका छौँ ।” प्रतियोगितामार्फत् खेल–पर्यटनको प्रबद्र्धन, पहाडी पदमार्गको निर्माण गर्दै महिला ९आमा० हरुलाई खेलसहित समग्र क्षेत्रमा सहभागिता गराएर प्रतिस्पर्धामा अघि बढाउन सकिने उहाँको भनाइ छ ।

‘जे गरौँ स् मज्जाले गरौँ’ नारा उल्लेखित प्रतियोगिताले स्थानीय क्षेत्रमा पर्यटनको वृद्धि र खेल क्षेत्रको विकास तथा नयाँ खेलाडीको उत्पादनलाई अर्थतन्त्रसँग जोड्न चाहने स्वरुपका कार्यक्रम आगामी संस्करणमा केन्द्रित गरिने बेलकोटगढी–५ का वडाध्यक्ष मदन भुजलले बताउनुभयो । वडा तहको आयोजनामा हुने प्रतियोगितामध्ये क्रिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता हालसम्मकै ठूलो रहेको एथलेटिक्स परिवार नेपालले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.