भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

खोटाङको रावाबेँसीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

खोटाङको रावाबेँसीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाको केन्द्र हरमटारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ । हालसम्म दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयबाट बैंकिङ कारोबार गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासनिक भवनमा उक्त कार्यालय सञ्चालनमा ल्याएको हो ।

हरमटारस्थित गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनमा स्थापना गरिएको वाणिज्य बैंकको शाखा कार्यालय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले मङ्गलबार संयुक्तरूपमा उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष रेग्मीले जनमैत्री सेवा प्रवाह गर्न राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक तथा कर्मचारीलाई आग्रह गर्नुभयो ।

हरमटारमै बैंकको शाखा कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सहज भएको छ । यसअघि ६ घण्टा पैदलयात्रा गरी सेवा उपभोग गर्न दिक्तेल बजार धाउनुपर्ने बाध्यता थियो । दश स्थानीय तह रहेको जिल्लामा योसहित हाल पाँच शाखा सञ्चालनमा छन् । योसँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको सङ्ख्या २५७ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.