भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काेराेना जाेखिमका कारण सर्वोच्च अदालतले गर्‍याे १८ माघसम्म सेवा कटौती

काेराेना जाेखिमका कारण सर्वोच्च अदालतले गर्‍याे  १८ माघसम्म सेवा कटौती

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सर्वोच्च अदालतको बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमितरूपमा सुनुवाइ गर्ने र अन्य सेवा आज (बुधबार)देखि कटौती गरिएको जानकारी दिएको छ ।

मंगलबार सर्वोच्च अदालतमा बसेको पूर्ण बैठकले निर्णय गर्दै बुधबारदेखि लागू हुने गरी माघ १८ गतेसम्मका लागि सेवा कटौती गर्ने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो अवधिमा मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमितरूपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ हुनेछ जानकारी दिएका थिए।

त्यस्तै उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था तथा सङ्क्रमित भएको अवस्थासमेतको मूल्याङ्कनका आधारमा कामकारबाही गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.