भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

खोप प्रयोग नगरी कोरोना संक्रमण जितने विश्वभर ५ करोड ३२ लाख पुगे

खोप प्रयोग नगरी कोरोना संक्रमण जितने विश्वभर ५ करोड ३२ लाख पुगे

काठमाडौं ।  काठमाडौँ– कोरोना भाइरसको संक्रमणबाट विश्वभर ५ करोड ३२ लाखभन्दा बढी व्यक्ति मुक्त भएका छन् । खोप नै प्रयोग नगरी संक्रमण मुक्त हुनेको संख्या पछिल्ला दिनमा बढ्दै गएको हो । पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा कोभिड–१९ को खोप विकास भइसकेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ९८ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । यो संख्यासँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ३२ लाख नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ३ हजार बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड ५९ लाख नाघेको छ । विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १६ लाख ८० हजार नाघेको छ ।

 


Thali Mobile Pvt.Ltd.