भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

गण्डकी सुनौलो झुला

गण्डकी सुनौलो झुला

बलेवा । ‘सिङ्गल स्पान’ प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई नेपाली र अङ्ग्रेजी भाषामा नामकरण गरिएको छ । पुलको संरक्षणकर्ताका रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिका बैठकले ‘गण्डकी गोल्डेन ब्रिज’ र ‘गण्डकी सुनौलो झुला’ राख्ने निर्णय गरेको हो । पुलको नाम अङ्ग्रेजी र नेपाली दुवै भाषामा स्वीकृत भएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

पुलको नयाँ नामसँगै जिल्लामा पर्यटक भित्र्याउन सहयोग पुग्ने नगरपालिकाको विश्वास छ । पुलको नामकरणका लागि नगरपालिकाले आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई रु २५ हजार राशिको पुरस्कारसमेत घोषणा गरिएको नगर प्रमुख पौडेलले जानकारी दिनुभयो । पुलका लागि धेरैले नाम सिफारिस गरे पनि नगरपालिकाको कार्यपालिकामा उत्कृष्ट १० नाम सिफारिस गरिएको थियो ।

उक्त पुलको नाम बानपा–५ मालिका निवासी निजामती सेवामा कार्यरत घनश्याम सापकोटाले गर्नुभएको हो । कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो जिकिर गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.