भर्खरै : Sorry, your browser does not support inline SVG.

गाजापट्टीमा प्रवेश गर्न राहत सहायता बोकेका ट्रकहरू इजिप्टको राफा क्रसिङमा अड्किए

गाजापट्टीमा प्रवेश गर्न राहत सहायता बोकेका ट्रकहरू इजिप्टको राफा क्रसिङमा अड्किए

एजेन्सी । प्यालेस्टिनीका लागि सहायता सामग्री पठाइएका ट्रक इजिप्टमा रोकिएका छन्। करिब तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टिनीहरुका लागि उक्त साम्रगी बोकेका ट्रक इजिप्टमा रोकिएका हुन । दैनिक आवश्यक पर्ने १०० ट्रक सामानको मात्रा अझै कम रहेको बताइएको छ। इजरायल—हमास द्वन्द्व शुरु भएको दुई हप्तापछि अक्टोबर २१ मा रफाह हुँदै मानवीय सहायता बोकेका करिव २५० ट्रक प्यालेस्टिनी क्षेत्रमा प्रवेश गरेका छन्।

गाजापट्टीमा प्रवेश गर्न राहत सहायता बोकेका ट्रकहरू इजिप्टको राफा क्रसिङमा अड्किएका हुन्। गाजा प्रवेश गर्ने सामग्रीसहितका ट्रकहरूको संख्या बढेको भए पनि ट्रकहरु गाजा प्रवेशका लागि कुरिरहेको बताइएको छ। जारी इजरायल—हमास द्वन्द्वमा दुवै पक्षका आधिकारिक तथ्यांकअनुसार ८ हजार ५२५ प्यालेस्टाइनी र १, हजार ४ सय इजरायली मारिएका छन्।

इजरायली रक्षा बलकाअनुसार हमासले गरेको आक्रमणमा जम्मा २३९ जनालाई बन्धक बनाएको थियो । अल्जेरिया, कुवेत, इराक, टर्किए, र संयुक्त अरब इमिरेट्स, बहराइन, ट्युनिसिया, फ्रान्स, डेनमार्क, इटाली, बेल्जियम, भेनेजुएलालगायत देशका साथै संयुक्त राष्ट्र संघका एजेन्सीले राहत सामग्री बोकेका विमान पठाइसकेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.