भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गुडिरहेको बसमाथि बम हमला, नौको मृत्यु, ३९ गम्भीर घाइते

गुडिरहेको बसमाथि बम हमला, नौको मृत्यु, ३९ गम्भीर घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्यान लिएको बताइएको छ ।

सो बसमा रहेका अरु ३९ जना नराम्ररी घाइते भएका छन् । सो प्रान्तको दासु क्षेत्रमा कामदारहरु लिएर हिँडेको सो बसमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए ।बसलाई लक्ष्य गरेर अज्ञात व्यक्तिले बम हानेका थिए । बसमा रहेका अरु घाइते यात्रुहरुमध्ये अधिकांश गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।

यहाँका सुरक्षाकर्मीहरुले उनीहरुलाई अस्पतालसम्म पु¥याएको छन् । उनीहरु उद्धारको काममा खटिरहेका बताइएको छ ।यो हमला कसले र किन गरेको हो भन्ने विषयमा केही खुलेको छैन । यहाँका सुरक्षाकर्मीहरुले सो बम हमलाको बारेमा अनुसन्धान गरिरहेको बताएका छन् । अहिलेसम्म सो हमलाको कुनै व्यक्ति या समूहले जिम्मेवारी लिएको छैन ।

 


Thali Mobile Pvt.Ltd.