भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

गुणस्तरहीन ५ सिमेन्ट उद्योग कारबाहीमा

गुणस्तरहीन ५ सिमेन्ट उद्योग कारबाहीमा

काठमाण्डौं । गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने पाँच सिमेन्ट उद्योग कारबाहीमा परेका छन् ।

मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारालाई कारबाही गरेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

उत्पादनमा तोकिएको गुणस्तर नभएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण मागे समेत गरेको छ । बिक्री वितरण रोक्का गरी १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्रसमेत काटेको छ ।

विभागले सिमेन्ट बिक्री रोक्का गरी यो ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन दिदै १५ दिनमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.