काठमाडौं । निद्रा शरीरका लागि अत्यावश्यक चीज हो । आयुर्वेदका अनुसार यसलाई उपस्तम्भ, सपोर्टिङ पिलरका रुपमा लिइन्छ । निद्रा शरीरका विभिन्न रासायनिक प्रतिक्रियालाई व्यवस्थित गर्न, शरीरका क्रियाकलापलाई एकमुष्ठ सहज बनाउनका लागि आवश्यक पर्छ । निद्राले शरीरमा एक खालको विश्रामको अवस्था सिर्जना गर्छ ।
जसको कारणले गर्दा नसर्ने रोग हुनबाट मुक्त हुन सकिन्छ । निद्रा राम्रो नपरेमा विभिन्न किसिमका रोग लाग्छन् । जस्तो उच्च रक्तचाप, मोटोपन, मधुमेह, क्यान्सर, पेटको समस्या । लामो समयसम्म निद्रा भएन भने यस्ता समस्या उत्पन्न हुने अनुसन्धानबाट पत्ता लागेको छ । त्यसका आधारमा पनि राम्रो निद्रा पर्नु अत्यावश्यक देखिएको छ ।
लाइफ स्टाइल मेडिसिनको कम्पोनेन्टका रुपमा पनि लिने गर्छौ । अनिद्राको समस्या धेरैमा छ । विश्व स्वास्थ्य संगठनको अनसुन्धान अनुसार १० देखि ३० प्रतिशत मानिसमा अनिद्राको समस्या रहेको छ ।
के रहेछ त कारण ?
तीन महिनाभन्दा लामो समयसम्म कम्तीमा हप्ताको तीनपटक निद्रा बिग्रने अवस्था रहेमा दीर्घकालिन अनिद्रा मानिन्छ भने केही दिनदेखि केही हप्तासम्मको अनिद्रालाई अल्पकालिन अनिद्राको रुपमा लिइन्छ । यसको व्यवस्थापनमा फरक खालको विधि हुने गर्छ ।
कसरी थाहा पाउने ?
सबैले जीन्दगीको कुनै न कुनै चरणमा अनिद्राको अनुभव गरेका हुन्छन् । चाहे त्यो एक दिनको या लामो समयको होस् । अनिद्राको अनुभवबाट कोही पनि अलग भएको अवस्था हुँदैन । अनिद्रामा के हुन्छ ? बिस्तारामा गयो, निद्रा लाग्दैन । निद्रा लागिसकेको अवस्थामा बीच–बीचमा उठ्नुपर्ने हुन्छ । कुनै अवस्थामा बिहानै निद्रा खुल्छ, निद्रा लाग्दै लाग्दैन, निद्रा लागिहालेपनि राम्ररी हुन पाउँदैन ।
जसले गर्दा दिनभरी तन्द्राको अवस्था हुन्छ । यसले गर्दा क्रियाकलाप गर्न गाह्रो हुन्छ । जसको कारण दुर्घटना बढी हुने, अरुसँग झगडा गर्न मन लाग्ने, अल्कोहल कफीमा बढी लिप्त हुने अवस्था आउने गर्छ । अनिद्रा भए नभएको बिरामीले भनेकै आधारमा पनि थाहा पाउन सकिन्छ । निद्रामा यस्तो खालको गढबढी छ वा छैन । यसकै आधारमा अनिद्रा साथै केही निद्रासम्बन्धी प्रश्नोत्तर पनि प्रयोग गरिन्छ ।
अनिद्रा हुनेबित्तिकै कतिपय चिकित्सकले औषधी दिने गर्छन् । बिरामीले राती सुत्ने बेलामा औषधी खायो अर्को दिन फ्रेस भइयो भन्ने धारणा राख्छन् । यो औषधी प्रयोगमा दुष्प्रभाव पनि छ । यस्ता औषधीले बिस्तारै स्मरणशक्ति कम भएर जाने, मानिस बोधो भएर जाने अरु रोग आदि समस्या उत्पन्न हुन सक्छ । निद्राको आर्किटेक्चरलाई यस्ता खालका औषधीले बिगार्छन् भन्ने अनुसन्धानमा उल्लेख छ ।
सुत्दा बत्तिको उज्यालो कम हुने बित्तिकै हाम्रो शरीरमा मेलाटोनिन भन्ने एक केमिकल निस्कन्छ । जसको कारणले निद्रामा सहयोग गरिदिन्छ भन्ने छ । त्यो बाहेक बिस्तारामा यस्ता कुरा पनि निद्रा लगाउनका लागि उपयोगी हुन्छन् । देख्दा सामान्य लागेपनि यस्ता टेक्निकले प्रभाव पार्छ भन्ने अनुसन्धान छ । यस्ता टेक्निकले औषधीले बराबर काम गर्छ । यसको कुनै दुष्प्रभाव पनि छैन ।
निश्चित समयमा सुत्ने र उठ्ने गर्नुपर्छ । निद्रालाई सेडुयलिङ गर्नुपर्छ । सकेसम्म बिहान सबेरै उठ्ने र शारीरिक गतिविधि गर्नुपर्छ । सकेसम्म कफी, चिया, अल्कोहल कम मात्रामा पिउनुपर्छ । अल्कोहल सेवन गरेमा सुरुमा निद्रा लगाए जस्तो भएपनि लामो समयमा निद्राका लागि घातक हुन्छ भन्ने किसिमको पनि अनुसन्धान छ । त्यसको आधारमा सकेसम्म यी कुरालाई कम गरेर लैजानुपर्छ । त्यसैगरि दैनिक क्रियाकलाप तथा शारीरिक गतिविधि राम्रो भयो भने पनि निद्रा राम्रो पर्छ ।
केही तरिका
