भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

गृहमन्त्रीले गरे छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म उद्घाटन

गृहमन्त्रीले गरे छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म उद्घाटन

दार्चुला । व्यास गाउँपालिका १ छा¬ङरुको गागामा स्थापित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेका छन् ।

भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजीकै स्थापित सशस्त्र प्रहरीको गुल्मको हेलिकप्टरमार्फत व्यास पुगेर उनले उद्घाटन गरेका हुन । एकतर्फी रुपमा नेपाली भूमि भएर चीन जोड्ने गरी सडकको भारतले उद्घाटन गरेपछि नेपाल सरकारले व्यासमा सशस्त्र प्रहरी बल राखेको हो । आफ्नो भूमिको रक्षाका लागि गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राखिएमा अहिले स्तरोन्नति गर्दै गुल्म राखिएको हो ।

गत असार २८ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार छाङ्रुमा सशस्त्र प्रहरी बलको गुल्म स्थापना गरिएको हो । अहिले व्यासको गुल्ममा डिएसपी धीरेन्द्र शाहले नेतृत्व गरेका छन् । सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटर नयाँ नक्शा जारी गरिसकेको तथा व्यास क्षेत्रमा सुरक्षा उपस्थिति बढाउँदै लगेको छ । सरकारले व्यासकै तिङ्कर र कौवामा पनि बिओपी राख्ने तयारी छ ।

 


Thali Mobile Pvt.Ltd.