भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ख्वपका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

ख्वपका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि कक्षा ११ अध्ययनको लागि ख्वप माविमा शैक्षिक सत्र २०७७÷७८ मा भर्ना भएका नवआगन्तुक विद्याथीको जुममार्फत स्वागत तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

भक्तपुर नपाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नवआगन्तुक विद्यार्थीहरुको प्रगति र सफलताको कामना गर्दै कोरोना महामारीबीच पनि नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले वैकल्पिक शिक्षण पद्धतिलाई जोड दिंदै अनलाइन कक्षा सञ्चालन गरिरहेको बताए ।

कलेजको अनुशासनमा बसी आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न र देशको निम्ति आवश्यक क्षमतावान नागरिक बन्नको लागि प्रेरित गर्दै ख्वप विश्वविद्यालय सञ्चालनको निम्ति निरन्तर प्रयास गरिरहेको बताए । दक्ष जनशक्ति विदेशिंदा देश समृद्ध बन्न बाधक बनिरहेको भन्दै प्रमुख प्रजापतिले क्षमता भएर पनि अध्ययनबाट बञ्चित भएका गरिब तथा जेहेनदार विद्यार्थीहरुको लागि सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ नगरपालिकाले ख्वप कलेजहरु सञ्चालनमा ल्याएको बताए ।

 


Thali Mobile Pvt.Ltd.