भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

लोक सेवाले गर्यो नयाँ तालिका सार्वजनिक

लोक सेवाले गर्यो नयाँ तालिका सार्वजनिक

काठमाडौं । लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । लोक सेवा आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुने छ । व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुने छ ।

परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुने छ । नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुने छ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षण यही असोज २५, २६ र २७ गते हुने छ । अन्तरवार्ता र कम्प्युटर सीप परीक्षण लोक सेवा आयोगकै केन्द्रीय कार्यालय अनामनगरमा बिहान ७ः२० बजेबाट सुरु हुने आयोगको सूचनामा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.