काठमाण्डौ । २०७२ सालको भूकम्पकै गोरखामा परकम्प गएको छ । आइतबार बिहान चार बजेर ९ मिनेट जाँदा गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको जनाइएको हो ।
२०७२ सालको बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्पकै परकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । यो भूकम्प पछि सयौँ परकम्प गइसकेको केन्द्रले जनाएको छ ।
