भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

घरदैलोमा उम्मेदवार, स्थानीयवासीलाई धान काट्ने चटारो

घरदैलोमा उम्मेदवार, स्थानीयवासीलाई धान काट्ने चटारो

महेन्द्रनगर, । दोधारा चादँनी नगरपालिका–१० का दिलबहादुर सुनारले गत वर्ष बेमौसमी बाढी आउँदा धान बाली समेट्न नपाउँदा जेनतेन गुजारा गर्नुभयो । यसवर्ष पनि वर्षाले कतै फेरि जोगबुढाको बाढी पसेर धानबाली नोक्सान गर्छ की भन्ने पिरलोमा रहेका दिलबहादुर धान समेट्दै गर्दा खेतमा भेटिनुभयो । पाँच कठ्ठामा लगाएको धान कटाउन छिमेकीलाई समेत सहारा मागिरहनुभएका दिलबहादुर जस्तै अहिले कञ्चनपुरका अधिकांश किसानलाई धान समेट्ने चटारो छ । स्थानीय कौशीलादेवी सुनारले कुतियाकवर बस्ती कटान समस्याबाट मुक्त हुन नसकेको बताउनुभयो ।

“यहाँ खेतीयोग्य जमिन बर्सेनि जोगबुढा नदीले कटान गर्दै बस्ती समेत जोखिममा छ”, उहाँले भन्नुभयो, “चुनावका बेला खेतमा मत माग्न पुग्नु भन्दा कटान नियन्त्रणमा लागि पहल गरिदिनु पयो ।” “ बिहान नै नास्ता खाएर धान काट्न परिवार नै खेतबारीतिर लाग्नु दैनिकी बनेको छ”, दोधारा चादँनी–४ का जग्गे सुनारले भन्नुभयो, “पोहोर साल धान क्षति हुँदा दीर्घकालीन सहयोग हुने खालका प्याकेज दिने आश्वासनमै बित्यो ।” ५४ वर्षीय सुनार अहिले बस्तीमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवार घरदैलोमा आउँदा कुनै उमङ्ग नभएको बताउँनुह्न्छ । “किसानलाई धान समेट्न भ्याइनभ्याइ छ, नेताहरु घरदैलोमा पुगिरहेका छन्”, उहाँले भन्नुभयो,“कतिपय नेता खेतमै मत माग्दै पुगिरहेका पनि छन् ।”

उहाँले किसानलाई जनप्रतिनिधि भएर जानेहरुले कुनै सुविधा दिने चासो नै नदेखाएको गुनासो गर्नुभयो । “ खेती गर्दा न मल पाउँछ नत बालीको उचित मूल्य नै”, उहाँले भन्नुभयो, “सरकारले दिने अनुदान पनि पहुँच भएकाले पाउने त होलान् ।” कञ्चनपुरमा दल र स्वतन्त्र व्यक्तिले चुनावी घरदैलो अभियानलाई तीव्रता बनाएका बेला यहाँका तीन वटै प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमा भने किसान धान काट्न र भित्र्याउन सक्रिय रहेका छन् । “केही दिनअघि त महेन्द्रनगरमा एक जना उम्मेदवारले त धान काट्न सहयोग गरिरहेको फोटो पनि हामीले सामाजिक सञ्जालमा हे¥यौंँ”, यहाँको शुक्लाफाँटा नगरपालिका–५ का वीरेन्द्र जोशीले भन्नुभयो, “चुनावका बेला मतदाता रिझाउन अनेक प्रपञ्च गरिँदो रहेछ ।”

उहाँले चुनावका बेला रिझाउन आउने भन्दा पनि कृषि, शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासमा पहल गर्ने प्रतिनिधि छनोट जनताले गर्ने बताउनुभयो । “हामी किसान अब चुनावको बेलाका आश्वासन सुनेर हुरुक्क हुने स्थिति छैन्”, उहाँले भन्नुभयो, “कृषिप्रधान मुलुकमा मल र उत्पादन गरेको बस्तुको भाउ नपाउने अवस्था कहाँबाट सिर्जना भयो रु।” उहाँले पनि शुक्लाफाँटा नगरपालिकामा प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार घरदैलो अभियान सञ्चालन गरिरहेको बताउनुभयो । यहाँस्थित कृषि ज्ञान केन्द्रका अधिकृत हरि जोशीले जिल्लामा अनुमानित ६० प्रतिशत धान कटाइ सकिएको बताउनुभयो । उहाँले केही समयअघि यहाँ आएको वर्षाले धानबालीमा नोक्सानी पु¥याएको विवरण पेस गर्न स्थानीय पालिकालाई पत्राचार गरेको जानकारी दिनुभयो ।

कञ्चनपुरमा कूल ४८ हजार चार सय ९४ हेक्टर क्षेत्रफलमा धानीखेती हँुदै आएको छ । “डुबानलगायतका समस्याले वर्षा हु्ँदा पाँच देखि १० प्रतिशत धानबालीमा नोक्सान पु¥याएको भन्ने अनुमान छ”, जोशीले भन्नुभयो, “पालिकाहरुबाट एकीन विवरण आउन बाँकी छ ।” कञ्चनपुरबाट राष्ट्रिय राजनीतिमा परिचय बनाउनुभएका पुर्वमन्त्रीत्रय रमेश लेखक, नारायण प्रकाश साउँद र वीना मगर गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसैगरी नेकपा एमालेका तर्फबाट पुर्व सांसदहरु निरुदेवी पाल, नरबहादुर धामी र प्रदेशसभाका पुर्वमन्त्री तारा लामा तामाङ चुनावी मैदानमा हुनुहुन्छ ।

 


Thali Mobile Pvt.Ltd.