भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

घानाका एक हजार दुई सय जना भन्दा धेरै नर्सहरू बेलायतमा नर्सिङ सेवाका लागि दर्ता

घानाका एक हजार दुई सय जना भन्दा धेरै नर्सहरू बेलायतमा नर्सिङ सेवाका लागि दर्ता

काठमाण्डौ । घानाबाट नर्सहरुको पलायन बढ्दै गएको छ । सन् २०२२ मा पश्चिम अफ्रिकी देश घानाका एक हजार दुई सय जना भन्दा धेरै नर्सहरू बेलायतमा नर्सिङ सेवाका लागि दर्ता भएको तथ्याङ्क छ । विश्वको सबैभन्दा ठूलो नर्सिङ समूह इन्टरनेशनल काउन्सिल अफ नर्सेस (आईसीएन)का प्रमुख हवार्ड क्याटन घानाजस्ता गरिब देशबाट बाहिरिने जनशक्तिको सङ्ख्यालाई लिएर चिन्ता गर्नुपर्ने अवस्था आएको बताए ।

नर्स र कुल जनसङ्ख्याको अनुपात कम भएका जोखिमयुक्त देशहरूको सूचीमा घाना ५५औँ स्थानमा पर्छ । बेलायतको नेशनल हेल्थ सर्भिस ९एनएचएस० पदपूर्तिका लागि ईयू सदस्य देशहरु भन्दा अन्य देशका जनशक्तिमा भर परेको छ ।

मुख्य गरी विशेषज्ञ नर्सहरूले अन्य देशमा राम्रो पारिश्रमिकका लागि देश छाडिरहेका बीबीसीले जनाएको छ । उच्च आय भएका देशहरूले गरिब देशबाट नर्सहरू भित्र्याउने क्रम बढ्दै गएको छ। दक्ष जनशक्ति पलायन भएका कारण ती गरिब देशहरुको स्वास्थ्य प्रणाली बिग्रँदो छ ।

 


Thali Mobile Pvt.Ltd.