भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

‘घुस बार्गेनिङ’ प्रकरणमा मन्त्री बाँस्कोटा बहिर्गमित

‘घुस बार्गेनिङ’ प्रकरणमा मन्त्री बाँस्कोटा बहिर्गमित

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा ‘घुस बार्गेनिङ’ का कारण मन्त्रिपरिषद्बाट बहिर्गमित भएका छन्। स्विस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्रसँग सेक्युरिटी प्रेस खरिदमा गरेको मोलमोलाइको अडियो सार्वजनिक भएलगत्तै बाँस्कोटा सरकारबाट अलग्गिएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबारै मन्त्रालयबाट खरिद प्रकरणसम्बन्धी सम्पूर्ण कागजात जफत गरी अनुसन्धान गर्न थालेकालेको छ । अनुसन्धानले उनी कारबाहीको दायरामा पर्न सक्ने सम्भावना ह्वातै बढेको छ। बाँस्कोटामाथि लागेको आरोप सीधै सरकारतर्फ सोझिएपछि प्रधानमन्त्री ओलीकै निर्देशनमा यो प्रकरणको छानबिन हुने भएको छ।

प्रेसलाई समेत मर्यादाको पाठ पढाउँदै आएका बाँस्कोटाको कर्मचारीप्रति लक्षित असभ्य अभिव्यक्तिले सरकारलाई समेत लज्जित तुल्याएको छ। प्रधानमन्त्री ओलीले ‘भ्रष्टाचार हुन दिन्नँ र भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ’ भन्दै आएका बेला बाँस्कोटाले मिश्रसँग ७० करोड रूपैयाँ कमिसन मागेको सार्वजनिक भएको हो।

अडियो संवाद सार्वजनिक भएलगत्तै उनले पदबाट राजीनामा दिएका छन्। बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई राजीनामापत्र बुझाएका उनले कमिसनका लागि बार्गेनिङ गरिएको अडियो सरकार र अख्तियारले छानबिन गर्ने भएको छ।

मन्त्री बाँस्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल समेत भईसकेको छ। प्रधानमन्त्रीलाई राजीनामापत्र बुझाएर फर्केपछि बाँस्कोटाले आफ्नो सामाजिक सञ्जाल फेसबुक र ट्विटरबाट राजीनामा दिएको औपचारिक घोषणा गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.