चरा जस्तै गुँडमा बसेर मनोरन्जन लिन रानीकोट पुग्छन् पर्यटक (भिडियाेसहित)

चरा जस्तै गुँडमा बसेर मनोरन्जन लिन रानीकोट पुग्छन् पर्यटक (भिडियाेसहित)

काठमाडाैं । चराले गुँड बनाएर बसेको तपाई हामी सबैले देखेकै कुरा हो । त्यहि गुँडमा अण्डा पार्ने, कोरलेर बच्चा हुर्काउने र उडाउने सम्मका काम चराचुरुङ्गीले गर्छन् । तर रानीकोटमा मानिस नै गुँड बनाएर बस्छन् भन्दा तपाईलाई अच्चम लाग्ला । के मानिस पनि गुँडमा बस्न सक्छन् र ? हो यहाँ मानिस गुँडमा बस्छन् । यो यर्थाथ हो । न पत्याए यी दृश्य हेर्नुहाेस् ।

यो रुखमा बनाईएको गुँड मानिसको गुँड हो । यहाँ के पुरुष के महिला जो पनि आउने र गुँडमा बस्ने गर्छन् । विशेष गरि युवा युवतीको रोजाई नै यहि गुँड हुने गरेको छ यहाँ । यसो भन्दा अझै पत्याउनु भएन होला हैन र ? हुन त पत्याउनु पनि कसरी मानिस कहिल्यै गुँडमा बस्ने भएपो । यी चराहरुजस्तै बचेरा उडाउनका लागि भने यहाँ पक्कै मानिस गुँडमा बस्ने होइन, कुरा भने गजब्को छ ।

चराहरु जस्तै गुँडमा मानिस बसिरहेका यी दृश्य हेरौं । रानीकोट घुम्न आएका यी आन्तरिक पर्यटक हुन । सुन्दर हिमालका दृश्यहरु हेर्दै मजा लिन यहाँ आउने पर्यटकहरु अहिले यहाँ गुँडमा बस्नका लागि यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको चहलपहल आजभोली निकै बढेको छ रानीकोटमा । तोप चराको जस्तै गज्जबले गुँडमा बसेर अवलोकन गर्न पाउदा कुन मानिस खुसी नहोला र ?

कला निकै गहन छ । भक्तपुरको सूर्यविनायक, काभ्रेको पनौती र ललितपुरको महालक्ष्मी नगरपालिकाको संगमस्थल मानिएको रानीकोटमा बनाईएका यी गुँड आकर्षक मात्रै छैनन्, पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र नै बनेको छ । कला र मेहनत मिलाएर बनाइएका यी गुँडमा एक पटक अनिवार्य बसेर दृश्य हेर्दै आनन्द लिन आन्तरिक पर्यटकलाई भ्याइनभ्याई छ यहाँ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहोस्…

गुँडको आकर्षणले रुखमा झुन्डिएर हावाका झोक्कासँगै हल्लिएर आनन्द लिन पाउँदा तनावरहित हुने गरेको पर्यटकहरु बताउँछन् । यो गुँडले युवा युवतीलाई लोभ्याउने गरेको र एकछिनका लागि रानीकोट उक्लिएका पर्यटकहरु धित नमरुन्जेलसम्म गुँडमा बसेर अनि मात्र घर फर्किने गरेको गुँड देख्दा अच्चम लागेको मल्लिका शाहीको भनाई छ ।

कोरोनाको कहरले लकडाउनमा तनाव भएको र अहिले फ्रेस हुन यहाँ आएको आन्तरिक पर्यटक अलिस सुवालको भनाईछ । चराहरु कस्तो प्रकृतिमा बस्त त्यो फिल गर्न गुँडमा बसेको उनको भनाई छ ।

रानीकोट आउदा निकै आनन्दको महशुस गरेको स्वयंभूबाट आएकी एन्जलको भनाई छ । रानीकोट तनाव पन्छाउनको लागि आन्तरिक पर्यटक यहाँ आउने गरेको जीवनको भनाईछ ।

गुँड पर्यटककै रोजाई भएकाले उनीहरुको चाहना अनुसार बनाएको भिलेज हाइल्याण्ड रिर्सोटका संचालक तथा पर्यटन व्यवसायी राम सुन्दर बकेको भनाईछ ।

आजभोली विविध प्रकारको मनोरन्जन लिन र पर्यटकको रोजाई नै बनेको छ रानीकोट । यो सेल्फी टावर र यहाँ बसेर हिमालका दृश्य हेर्दै कफिको चुस्की र अर्गानिक परिकारसंगै मनोरम दृश्य हेर्न र सेल्फी खिच्न पर्यटकहरु भरिभराउ हुने गरेका छन् यहाँ ।

himalप्राकृतिक दृश्य र सुन्दर हावापानीले यहाँ एक पटक होइन, दोहो¥याइ, तेह¥याइ पनि आउने गरेको पर्यटकहरु बताउँछन् । यहाँको थप विकास र प्रचार प्रसारका लागि निजिक्षेत्रले मात्रै भन्दा पनि सरकारी पक्षको ध्यान जान जरुरी छ ।

तीन जिल्लाको पर्यटकीय संगमस्थल भएकोले पनि तीनै जिल्लाका सरोकारवालाले ध्यान पु¥याउने हो भने रानीकोटको ऐतिहासिक महत्वसंगै यसको स्वरुप झन फराकिलो बन्नेमा दुइमत छैन् । समय मै यस विषयमा सरोकारवालाले सोच्न जरुरी छ ।

 


Thali Mobile Pvt.Ltd.