पर्यटन पर्वद्धनमा सक्रिए माउन्टेन गाइड दावा शेर्पा

पर्यटन पर्वद्धनमा सक्रिए माउन्टेन गाइड दावा शेर्पा

काठमाडाैं । कोरोना महामारीले संसारभर भयावह स्थिति बनाइरहेका बेला नेपाल पनि अछुतो रहन सकेन । सबै क्षेत्र धरासाही भएका बेला पर्यटन क्षेत्र पनि धरासाही बन्यो । लकडाउनका कारणले आवात–जावातमा समेत बन्देज लगाइएको अवस्थामा पनि पर्यटन क्षेत्रलाई थप उर्जा र प्रबर्द्धनका लागि डिसेम्बर ११ मा  १७औं अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइएको छ ।

सो अवसरमा आइ एम ट्रेकिङ एन्ड एक्डेपेसन प्रालि मार्फत पर्यटन क्षेत्रमा आबर्द्ध एवं माउन्टेन गाइड गोरखानी २, सोलुखुम्बु स्थायी घर भएका दावा शेर्पाको नेतृत्वमा पासाङ शेर्पा लखोप ८, दूधकुण्ड नगरपालिका, सोलुखुम्बु, र सन्दुक दिर्जे तामाङ (समरे, खुम्बु पासाङल्हामु गाउँपालिका लगायत ३ जनाले विन्टर एक्पेडेसनमा इम्जा से आइल्याण्ड पेक, डिसेम्बर २०२०, बिहान ७ बजे आरोहण गर्न सफल भयो ।

त्यसको दुई दिन पछि लोबुजे पुर्व ६११९ मिटर बिहान र लोबुजे पश्चिम ६१३५ बिहान ८ २० मा ८ डिसेम्बर २०२०मा आरोहण गर्न सफल भए । त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र विषयमा स्नातकोत्तर तह उतिर्ण गरेका दावा शेर्पा माउन्टेन गाइडका हुन । महामारीको बेलामा पनि पर्यटन क्षेत्रमा खटिएका उनले नेपालको पर्यटन पर्वद्धनमा समेत टेवा पु¥याएका छन् ।

 


Thali Mobile Pvt.Ltd.