चिकित्सकविहीन मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ

चिकित्सकविहीन मुगुमा प्रतिष्ठानले पठायो विशेषज्ञ image

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ । विशेषज्ञ चिकित्सक अभावका कारण मुगुका सुत्केरीले सास्ती भोग्दै आएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मङ्गल रावलका अनुसार डा. जीतेन्द्र कँडेलले छोडेपश्चात् प्रतिष्ठानले पठाएका विशेषज्ञ डा. सिद्धार्थ खातीले दुई वर्ष सेवा दिनुभएको थियो ।

उहाँले छोडेपछि विशेषज्ञ चिकित्सकविहीन मुगुका बिरामी मारमा परेका थिए । डा रावलले भन्नुभयो, “अस्पताल चिकित्सकविहीन हुँदा त्यहाँका सात सुत्केरीलाई हेलिकप्टरबाट बाहिर पठाउनु पर्‍यो । यही समस्या समाधानका लागि स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसी, स्वास्थ्य सचिव डा रोशन पोख्रेल, प्रजिअ रोमबहादुर महतलगायतको पहलमा बुधबार डा सुरेन्द्र शाक्यलाई पठाएर सेवा दिन थालिएको छ ।”

डा. शाक्यको उपस्थितिले आकस्मिक र जटिल खालका रोगको उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्नुपर्ने सङ्कट हट्ने उहाँले बताउनुभयो । उपकुलपति डा रावलका अनुसार प्रतिष्ठानका बायोमेडिकल इञ्जिनियर अर्जुन सिंह नेतृत्वको टोलीले बुधबार नै जिल्ला अस्पतालका सम्पूर्ण उपकरण मर्मतसम्भार थालेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • संरक्षण नहुँदा भवन जीर्ण image

    संरक्षण नहुँदा भवन जीर्ण

    खलङ्गा । दार्चुलाको मालिकार्जुन गाउँपलिका–३ को सडक डिभिजन कार्यालय पाटन बैतडी मातहतको साइट कार्यालयका चार भवन जीर्ण बनेका छन् । उक्त भवन २०५८ सालदेखि प्रयोगविहीन भई जीर्ण अवस्थामा पुगेका...

  • सेना परिचालन गरिदै image

    सेना परिचालन गरिदै

    काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले  स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको...

  • जमरा राखेर विधिपूर्वक पूजा आराधना गरिदै image

    जमरा राखेर विधिपूर्वक पूजा आराधना गरिदै

    काठमाडौं । नवरात्रको पहिलो दिन आज घटस्थापना । जमरा राखेर नवदुर्गा अर्थात देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिदैछ । घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना...

  • म्यादी प्रहरीको छनोट सुरू image

    म्यादी प्रहरीको छनोट सुरू

    काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीको छनोट सुरू भएको छ । केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी...

Panauti Word 1 Ryale

Panauti Word 2 Kushadevi

Panauti Word 3 Kusadevi