भर्खरै : Sorry, your browser does not support inline SVG.

चिलीमा सडक दुर्घटनामा ९ जनाको मृत्यु

चिलीमा सडक दुर्घटनामा ९ जनाको मृत्यु

एजेन्सी । मध्य चिलीको ओ’हिगिन्स क्षेत्रको प्युमो शहरमा भएको सडक दुर्घटनामा नौ जनाको मृत्यु हुनाका साथै दुई जना गम्भीर घाइते भएको चिली सरकारले बुधबार जानकारी दिएको छ।

ओ’हिगिन्स क्षेत्रका अधिकारी रिकार्डो गुजम्यानका अनुसार ठूलो ट्रक र मजदुर बोकेको भ्यान ठोक्किदा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थल नजिकैको रान्कागुवा अस्पतालमा सार्दा अर्का एक घाइतेको मृत्यु भएको बताइएको छ ।

“घटनास्थलमा पुग्दा करिब ११ जना घाइते थिए। हामीले घटनास्थलमा आठ जनाको मृत्यु भएको र तीन जनाको अवस्था गम्भीर रहेको ,” प्युमो फायर ब्रिगेडका कप्तान लुइस मालडोनाडोले जानकारी दिएका छन् । चिलीको श्रम निर्देशनालयले घटनाको छानबिन गर्ने जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.