भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

चीनले पाकिस्तानमा १२ सय मेगावाट क्षमताको परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने

चीनले पाकिस्तानमा १२ सय मेगावाट क्षमताको परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने

काठमाण्डौ । चीनले पाकिस्तानमा १२ सय मेगावाट क्षमताको परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने भएको छ  । चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने सम्झौता भएको हो । चाइना नेसनल न्युक्लियर कर्पोरेसन ओभरसिज लिमिटेड र पाकिस्तान अटोमेटिक इनर्जी कमिसन बीच सम्झौता भएको हो । प्रधानमन्त्री शरिफले पाकिस्तान र चीनबीचको सम्बन्ध बलियो हुँदै गएको पनि दाबी गरेका छन् ।

चीनले बेल्ट एन्ड रोड इनिसिटिभ प्रोजेक्टअन्तर्गत पाकिस्तानलाई ६५ अर्ब डलर सहयोग गर्ने पनि जनाएको छ  । पाकिस्तानले पछिल्लो समय आर्थिक संकट झेलिरहेको छ ।
उर्जा केन्द्र पाकिस्तानको पञ्जाब प्रान्तमा स्थापना हुने छ । सम्झौता अनुसार चाँडै काम सुरु हुने पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले बताउनुभएको रोयटर्सले जनाएको छ । परमाणु केन्द्रका लागि चीनले चार अर्ब ८० करोड अर्ब अमेरिकी डलर लगानी गर्ने छ  ।

 

 


Thali Mobile Pvt.Ltd.